६ कार्तिक २०८३, शुक्रबार

एमालेले ०७४ मा जितेका सय भन्दा बढी स्थानीय तह गुमाउने रुझान, के हुनसक्छ कारण?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ। ५ बर्षअघि भएको निर्वाचनले पहिलो पार्टी बन्न सफल नेकपा एमालेले यस पटकको चुनावमा एक सय भन्दा बढी स्थानीय तह गुमाउने रुझानसहितका परिणाम आउने क्रम जारी छ।

परिणाम आउँदै गर्दा एमालेले सत्ता गठबन्धनले जालसाझी गरेको, धाँधली गरेका विभिन्न कारणसहितको वक्तव्य त जारी गरेको छ। तर, त्यतिले मात्र एमाले पराजित गराइएको भन्नेचाहिँ तथ्यगत नभएको स्पष्ट चित्र छ।

सत्ता गठबन्धनको घेराबन्दीबीच एमाले यस पटक दोस्रो हुनु पनि सफल परिणामका रुपमा लिइएको छ। पार्टी विभाजनको असर, सत्ताबाट हटाउनका निम्ति नेकपा माओवादी केन्द्रले खेलेको भूमिका पनि कारण रहेको पहिल्याइएको छ।

‘चौतर्फी रुपमा एमालेमाथि घेराबन्दी गरियो, पार्टी विभाजन गरी कमजोर बनाउने रणनीति पनि बनाइयो’, उच्च स्रोतले भन्यो,‘यतिले मात्र नभएर स्थानीय सरकारमा सन्तोषजनक काम नगर्नु पनि पराजित हुने कारण हो।’

स्थानीय सरकार प्रमुखमा पार्टीले उम्मेदवार चयनमा देखाएका कमजोरी अर्को कारण रहेको बताइन्छ। पार्टी सदस्यताको बढोत्तरी हुँदा आम जनता र थपिएका मतदाताको मनोविज्ञानलाई एमालेले आत्मसाथ गर्न कमजोरी गरेको विश्लेषण गरिन्छ।

काठमाडौं महानगरको प्रारम्भिक रुझानमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता नयाँ मतदाताको मनोविज्ञानको परिणाम रहेको स्पष्ट छ। अतः एमालेले उक्त मनोविज्ञानलाई समात्न नसक्नु पनि एउटा कारण हो।

अघिल्लो स्थानीय निर्वाचनमा एमालेले २९४ स्थानीय सरकार प्रमुखमा जित निकालेको थियो। ३३१ उपप्रमुख, २५६० वडाध्यक्ष र १०९१२ वडा सदस्य जित निकालेको एमालेले यस पटक भने निक्कै संख्या गुमाएको छ।