६ कार्तिक २०८३, शुक्रबार

गोरखाको धार्चेमा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ३ जेठ । धार्चे गाउँपालिका–६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार धनकुमार घलेको प्यानल नै विजयी भएको छ ।

चार दलीय गठबन्धनलाई हराउँदै घलेको प्यानल नै विजयी भएको हो । घले २०७४ सालमा अत्यधिक मत ल्याएर गण्डकी प्रदेशकै कान्छो वडाध्यक्ष बनेका थिए । यस पटक घलेविरुद्ध कांग्रेस, माओवादी, नेकपा (एस) र जसपाको गठबन्धन थियो ।

गठबन्धनले वडाध्यक्षमा कांग्रेसका मान बहादुर गुरुङलाई उम्मेदवार बनाएको थियो । तर, गुरुङ ४ मतान्तरले हारेका छन् । वडाध्यक्ष घलेले ५६१ मत ल्याउँदा गुरुङले ५५७ मत ल्याएका छन् ।