६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगर अपडेट : केशव स्थापित भन्दा साढे ४४ सय मतले बालेन शाह अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४ हजार ४५७ मतको अग्रता बनाएका छन् ।

शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत पाएका छन् । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन् ।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।