
बैतडी, २ जेठ । बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु बोहरा निर्वाचित भएका छन् ।
कुँवरले नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्टलाई २६ मतअन्तरले पराजित गरेका हुन् ।
कुँवरले २ हजार ३५० मत ल्याउँदा विष्टले २ हजार ३२४ मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा बोहराले २ हजार १३२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी राप्रपाका देवबहादुर चन्दले १ हजार ९४१ मत ल्याए ।















प्रतिक्रिया