
काठमाडौँ, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा आफूलाई राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने बताएका छन् ।
सोमबार नेपालको लुम्बिनी भ्रमणमा उनले नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको बताए ।
उनले लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै नेपाल भारतबीचको सम्बन्धको चर्चा गरे ।
दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुशी छ भन्ने मलाई विश्वास छ ।’
यद्यपि उनले गौतम बुद्ध नेपालमा जन्मेका भन्न भने सकेनन् । बरु बुद्ध सबैको रहेको बताए ।















प्रतिक्रिया