
काठमाडौँ, २ जेठ । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । १९ नम्वर वडामा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदी विजयी भएका हुन् ।
उनले १ हजार ४२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २०२ मत प्राप्त गरे । त्यस्तै माओवादीका प्रकाश लामा थोकरले ९६३ मत प्राप्त गरेका छन् । कुल ५ हजार २ सय ५० मतदाता रहेको यो वडामा ३ हजार ९ सय २५ मत खसेको थियो ।















प्रतिक्रिया