
काठमाडौँ, २ जेठ । हालसम्म मुलुकभरका ६ हजार सात सय ४३ वडामध्ये २ हजार ८ सय ५४ वडाको अन्तिम परिणाम आइसकेको छ ।
जसमा पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसले एक हजार ६५ वडा अध्यक्षमा विजय हासिल गर्दै अग्रस्थानमा रहेको छ ।
त्यस्तै, कांग्रेसले ८८ वडामा अग्रता कायम गरिरहेको छ ।
यसैगरी, नेकपा एमाले ८ सय २० वडामा विजयी भइ दोस्रो स्थानमा रहेको छ भने उसको ९५ वडामा अग्रता कायम छ ।
नेकपा (माओवादी केन्द्र)ले ४ सय ५६ वडा अध्यक्ष जितेको छ भने ३९ वडामा अग्रता लिएको छ ।
अन्य दल र स्वतन्त्रबाट एक सय ७७ वडा अध्यक्षमा निर्वाचित भएका छन् भने उनीहरुको ४३ वडामा अग्रता कायम रहेको छ ।















प्रतिक्रिया