६ कार्तिक २०८३, शुक्रबार

गुल्मीको सत्यवती गाउँपालिकामा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २ जेठ । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का भीमप्रसाद पाण्डे विजयी भएका छन् ।

उनी ६ हजार २६७ मतसहित विजयी भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर निर्वाचित भएकी छन् । अध्यक्षमा नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकाका ८ वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेस र एउटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

जसअनुसार वडा नम्बर १, २, ४, ७ र ८ मा एमाले र ५ र ६ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । गाउँपालिकामा १९ हजार २२५ जना मतदाता रहेकोमा १२ हजार ४३२ जनाले मतदान गरेका थिए ।