६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरमा कांग्रेसकी सिंह तीन हजार मतले पछाडि, बालेन पछ्याउँदै स्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ६६५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४६ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ६४० मत प्राप्त गरेकी छिन् । हालसम्म पहिलो मत प्राप्त गरिरहेका बालेन्द्र शाह भन्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी सिंह तीन हजार मतले पछाडि छिन् ।

यस्तै उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले हालसम्म ५ हजार ८४४ मत प्राप्त गरेकी छिन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार ६०९ मत प्राप्त गर्नुभएको छ ।