
रसुवा, २ जेठ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका कैसाङ नुर्पु तामाङले २ हजार ५६३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए ।
उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५४५ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।















प्रतिक्रिया