६ कार्तिक २०८३, शुक्रबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन् ।

बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उनी आज नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउन लागेका हुन् ।

पाचौँ पटक नेपाल आउन लागेका मोदीले मायादेवी मन्दिरको अलावा लुम्बिनी मठ क्षेत्रमा भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति एवं विरासत केन्द्रको शिलान्यास र बुद्ध जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम छ ।

नेपालमा रहँदा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ । नेपाल आउनुपूर्व उनले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । आज हुने नेपाल यात्राको पूर्वसन्ध्यामा मोदीले नेपाल–भारत सम्बन्ध अद्वितीय रहेको दाबी गरेका छन् ।