
डोटी, २ जेठ । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मतसिहत अध्यक्षमा निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्टले ३ हजार ४१२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा (रोकाया)ले ३ हजार ५९९ मत ल्याएर जित हासिल गरेकी छिन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३१७ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया