
काठमाडौँ, १ जेठ । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ८० मतले अग्रता कायम राखेकी छन् ।
हालसम्म भएको ४ हजार ८७७ मत गणनामा दाहालले १७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् ।
गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५७९ मत पाएकी छन् ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् ।















प्रतिक्रिया