६ कार्तिक २०८३, शुक्रबार

यही गतिमा कति दिनमा सकिएला काठमाडौं महानगरको मतगणना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकासहित महानगरहरुमा मतगणना निकै सुस्ता भइरहेको छ ।

शनिबारदेखि सुरु मतगणनामा हालसम्म काठमाडौँको करिब साढे ६ हजार मत मात्रै गनिएको छ ।

यसरी हेर्दा शनिबार विहान ९ बजेदेखि २८ घण्टामा केवल जम्मा ६ हजार ४ सय ७३ मत गणना भएको छ ।

यसरी हेर्दा एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ ।

काठमाडौँ महानगरपालिकामा १ लाख ९१ हजार मत खसेको छ । यसरी हिसाब गर्दा अब कुल मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको करिब ३४ दिन हो ।

काठमाडौँमा कूल ६३ मत खसेको थियो । त्यस्तै, २०७४ मा दुई हप्तामा मतगणना सकिएको थियो ।

यसरी निकै सुस्त मतगणना भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना तथा व्यंग्य प्रस्तुत हुन थालेको छ ।

सञ्जाल प्रयोगकर्ताहरुले ट्रोल बनाउनेदेखि विभिन्न व्यंग्य गर्न थालेका छन् ।