६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरमा बालेन साह र सुनिता डंगोल कति मतले अघि छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहँदा उपमेयरमा नेकपा (एमाले)की सुनिता डंगोलले लिड गरिरहेकी छन् ।

पछिल्लो विवरणअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २१३९ मतसहित अग्रता लिइरहँदा उपमेयरकी उम्मेदवार डंगोलले २२३२ मतसहित अग्रता कायम राखेकी छन् ।

त्यस्तै, मेयरमा नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ११९९, नेपाल कांग्रसकी उम्मेदवार सिर्जना सिंहले १०५७ मत प्राप्त गरेकी छन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठको २३३ मत आएको छ भने विवेकशीलकी समिक्षा बास्कोटाले २८ मत ल्याएकी छन् ।

त्यस्तै, उपमेयरमा डंगोलपछि एकीकृत समाजवादीका उम्मेदवारले ६४७ मत ल्याएका छन् भने राप्रपाले ५४० मत ल्याएका निर्वाचन अधिकृतले अपडेट दिएका छन् ।