
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले २६०१ मतसहित अग्रता लिइरहेका छन् ।
हालसम्मको विवरणअनुसार बालेन नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मतले लिड गरिरहेका छन् ।
स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् ।
अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।















प्रतिक्रिया