
काठमाडौँ, १ जेठ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
हालसम्म १९ स्थानीय तहको मत गणना सकिँदा नेकपा (एमाले)ले ८ स्थानसहित लिड गरिरहेको छ भने नेपाली कांग्रेसले ७ स्थान विजय हासिल गरेको छ ।
त्यस्तै, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दुई द्ई पालिका प्रमुख जितेका छन् ।
एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिकामा निर्विरोध जित हासिल गरेको हो ।
हेर्नुस् सूची कहाँ कुन पार्टीले जिते ?
नेकपा एमाले
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका, बजाङ
नेपाली कांग्रेस
१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४ः गुल्मी दरबार गाउँपालिका– गुल्मी
५ः गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६ः मुसिकोट नगरपालिका– गुल्मी
७ः खार्पुनाथ गाउँपालिका– हुम्ला
नेकपा एकीकृत समाजवादी
१.काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा
माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका– डोल्पा
२ः नौमुले गाउँपालिका– दैलेख















प्रतिक्रिया