
काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह केही मतले अघि छन् ।
प्रारम्भिक अग्रता कायम गरेका साहले नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित भन्दा ११६ मतले अझै लिड गरिरहेका छन् ।
पछिल्लो मतगणनाको विवरणअनुसार स्थापितले ७३६ मत ल्याउँदा साहले ६२० मत ल्याएका छन् ।
त्यस्तै, कांग्रेसकी सिर्जनाले ४२६ मत ल्याएकी छन् भने राप्रपाका मदनदास श्रेष्ठले ६८ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२ मत ल्याउँदा विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत ल्याएकी छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले ३९५ मत प्राप्त गर्दा राप्रपाकी बिनिता मगैयाले ८५ र नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४१ मत ल्याएका छन् ।















प्रतिक्रिया