६ कार्तिक २०८३, शुक्रबार

१० स्थानमध्ये एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरु गरिसकेको छ ।

यसै क्रममा १० वटा स्थानमा मतपरिणाम नतिजा आइसकेको छ ।

जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ५ वटा स्थानीय तहमा निर्वाचित भएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ ।

हाल जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ । त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

कहाँ कहाँ को को भए निर्वाचित ?

नेकपा एमाले

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः कान्छा घले

मनाङको चामे गाउँपालिकाः लोकेन्द्रबहादुर घले

डोल्पाको से फोक्सुण्डो गाउँपालिकाः धावा सम्डुङ गुरुङ

मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकाः लोप्साङ छोम्पेल विष्ट

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः रिङजिन नामगेल गुरुङ

 

नेपाली कांग्रेस

मनाङको नार्पा भूमी गाँउपालिकाः कोन्जो तेन्जीङ लामा

मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ

मुस्ताङको घरपोझङ गाउँपालिकाः मोहनसिंह लालचन

 

नेकपा एकीकृत समाजवादी:

डोल्पाको छार्का साङतोङ गाउँपालिकाः सेनाङ गुरुङ

डोल्पाको काइके गाउँपालिकाः अंगदकुमार राना