
काठमाडौँ, ३१ वैशाख । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।
शनिबार विहानदेखि भएको मतगणनामा अहिले वडा नम्बर १ र ३२ को गणना भइरहेको छ । जसमा बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।
तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन् ।















प्रतिक्रिया