१ कार्तिक २०८३, आइतबार

मनाङको ङिस्याङमा एमाले निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

शनिबार भएको मतगणनाअनुसार अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मतसहित दोस्रोपटक अध्यक्षमा विजयी भएका हुन् ।

उनको प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन् । राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।

वडा नं. १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतसहित विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन् ।

त्यस्तै, वडा नं. २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतले निर्वाचित भएका छन्

यसअघि नै वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन् ।

वडा नं. ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन् । वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी भएका छन् ।

वडा नं. ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन् । वडा नं. ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन् । वडा नं. ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन् । वडा नं. ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् ।

मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको थियो ।