बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ र विराटनगर महानगरपालिकाको मतगणना सुरु

दैनिक नेपाल २०७९ वैशाख ३१ गते १०:३८

काठमाडौँ, ३१ वैशाख । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौँ र विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबार राति बसेको सर्वदलीय बैठकले विराटनगरको शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरिए पनि पानी परेका कारण १० बजेबाट मात्रै सुरु गरिएको हो ।

महानगरको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सुरु भएको हो । विराटनगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता छन् । निर्वाचनमा ८९ हजार ८ सय ९६ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित