१ कार्तिक २०८३, आइतबार

स्थानीय तह निर्वाचनः ३४ वटा केन्द्रको मतदान स्थगित (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । शुक्रबार देशैभर भएको स्थानीय तहको निर्वाचनका क्रममा करिब ३४ वटा केन्द्रमा मतदान स्थगित भएको छ ।

हालसम्म ३४ वटा केन्द्रमा मतदान स्थगित भएको नेपाल प्रहरीले जनाएको छ ।

ति स्थानमा छिट्टै मतदानको प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ ।

मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ । यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

सुदूरपश्चिम- १० मतदान केन्द्र

प्रदेश १ – १ मतदान केन्द्र

मधेस प्रदेश- ९ मतदान केन्द्र

बागमती प्रदेश- ७ मतदान केन्द्र

कर्णाली- ३ मतदान केन्द्र

लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ । केसीका अनुसार कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको छ । उनका अनुसार विभिन्न कारणले ११० स्थानमा मतदान स्थगित भएकामा ७६ स्थानको भने पुन सुचारु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हुम्ला, बारा, बाजुरा, गोरखा, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिरहा, सर्लाही, बझाङ, रोल्पा, सप्तरी, रौतहट, जुम्ला, तनहुँ, पर्वत, दैलेख लगायतका कतिपय निर्वाचन केन्द्रहरूमा हिंसात्मक घटनाहरू भई प्रहरीहरूद्वारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरूको सिर्जना भएको पाइयो, जसले निर्वाचनमा आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा पनि सवाल उठेको छ । कतिपय स्थानहरू मतदान स्थगन भई फेरी निर्वाचनको दिन तोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।