१ कार्तिक २०८३, आइतबार

स्याङ्जामा मतदान गर्न हिँडेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, १२ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

शुक्रबार विहान वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको थियो ।

मतदान गर्न मतदान केन्द्रमा जाँदै गरेको अवस्थामा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकामध्ये ११ जनाको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

त्यस्तै, घाइतेको उपचारका लागि गण्डकी अस्पताल पठाइएको छ ।

तस्वीरः सामाजिक सञ्जाल