७ कार्तिक २०८३, शनिबार

अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २८ वैशाख । जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जनालाई बुधबार बिहान
प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ ओटा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी अटो चालक पाण्डे समेत ३ जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।