
गोरखा, २८ वैशाख । नेपाली कांग्रेसका कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । गण्डकी गाउँपालिका ६, को तोमनडाडामा सर्वदलीय बैठक बसिरहेको समयमा कांग्रेस कार्यकर्ता हतियारसहित पक्राउ परेका हुन् ।
तोमनडाडाँ माध्यमिक विद्यालयको मतदान केन्द्रबाट कांग्रेस कार्यकर्ता मनोज गुरूङ पकाउ परेका हुन् । उनलाई प्रहरीले घरेलु हतियार खुकुरीसहित पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा सबैदलिय बैठक बोलाईएको थियो । बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधी भएर गएका गुरुङको झोलाबाट खुकुरी फेला परेको हो ।















प्रतिक्रिया