७ कार्तिक २०८३, शनिबार

भक्तपुरमा लागुऔषधसहित युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भादगाउँ, २८ वैशाख । भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भनपा–१ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।–रासस