
काठमाडौँ, २८ वैशाख । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनअघि आज र भोलि मौन अवधि रहेको छ। मौन अवधि आज राति १२ बजेबाट सुरु भएको हो।
सामान्यतया निर्वाचनको ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुन्छ। यसबीच उम्मेदवार र दलहरूले कुनै पनि प्रचारप्रसारका गतिविधि गर्न पाउँदैनन्। कुनै पनि सभा, सम्मेलन गर्न पाइँदैन।
यस्तै निर्वाचन आयोगले मौन अवधि सुरु हुनुअघि नै मतदानस्थलभन्दा तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउन पनि निर्देशन दिइसकेको छ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, टिकटक लगायतमा भएका सामग्र पनि हटाउन निर्देशन दिइएको छ भने ती माध्यमबाट समेत मौन अवधिभर प्रचार गर्न पाइने छैन।















प्रतिक्रिया