७ कार्तिक २०८३, शनिबार

निर्वाचन सामाग्री तत्काल हटाउन दलहरुलाई आयोगको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । मौनअवधिको केही घण्टा अघि निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारको हटाउन बाँकी भएका सामाग्री तत्काल हटाउन निर्देशन दिएको छ ।

मंगलबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबारको पत्रकार सम्मेलनमा मौन अवधिमा यस्ता प्रचार प्रसारका सामाग्री राख्न नपाउने भन्दै दलहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

आयोगले निर्वाचनको दिन सार्वजनिक यातायात रोक्नेदेखि मौन अवधि लागू भएपछि मदिरा बिक्री वितरणमा रोक लगाएको उनले बताए ।

मंगलबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।