७ कार्तिक २०८३, शनिबार

ओलीको प्रश्नः कांग्रेसले संसद विघटन गरे सदर हुन्छ, एमालेले गरे बदर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले कांग्रेसले संसद विघटन गर्दा सदर र एमालेले गर्दा बदर भएकोबारे टिप्पणी गरेका छन् ।

मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको वृहत चुनावी आमसभामा बोल्दै उनले कांग्रेसले भंग गर्दा संवैधानिक भनिएको तर एमालेले विघटन गर्दा असंवैधानिक भनिएको बताए ।

‘कांग्रेसले भंग गर्दा सदर हुन्छ, एमालेले भंग गर्दा बदर हुन्छ । कांग्रेसले भंग गर्दा संविधान बमोजिमर लोकतान्त्रिक हुन्छ, एमालेले भंग गर्दा गर्दा अवैधानिक र अलोकतान्त्रिक हुन्छ । अदालतले त्यही फैसला गरिआएको छ अहिलेसम्म ।’

उनले अदालतका न्यायाधीशहरुको निष्पक्षतामा प्रश्न खडा गरेका हुन् ।

‘यहाँ त आफ्ना पार्टीका कानुन पढेका कार्यकर्ता एकैपटक लगेर न्यायाधीश बनाइदिएको छ, तिनको फैसला के हुन्छ ?’ ओलीले भने, ‘जुन पार्टीले नियुक्ति गरेको छ, त्यो पार्टीको कार्यालयबाट जे आदेश आउँछ, त्यही हुन्छ, यस्तो न्यायालय बनाएर भएन, यस विषयमा हामी आम निर्वाचनपछि छलफल गर्छौं ।’