७ कार्तिक २०८३, शनिबार

पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम किन हटाइयो विशेष पर्यवेक्षकबाट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अस्वीकार गरेको छ ।

आयोगका अनुसार कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो ।

नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको थियो ।

यादवको नाम पनि विशेष पर्यवेशकको रुपमा सिफारिस भएको थियो ।