
नवलपरासी, २७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको क्रममा यतिबेला उम्मेदवारहरु घरदैलो अभियानको अन्तिम चरणमा छन् ।
पश्चिम नवलपरासीस्थित चुरे पहाडदेखि भारतीय सीमासँग जोडिएको सरावल गाउँपालिकामा यसपटक नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसबाट अनिल गौड र एमालेबाट सुखाडी चौधरी प्रतिस्पर्धामा छन् ।
यहाँ यसअघि कांग्रेसले सरकार चलाईकेको छ । अघिल्लो पटक कमजोर संगठन र एमालेप्रति मधेसमा फिजाईएको भ्रमका कारण एमाले पराजित भएपनि यसपटक सरावलमा एमालेप्रति जनताको आकर्षण बढेको छ ।
यहाँका जनतामा एमालेप्रति भरोसा हुनुका साथै एमालेको संगठनसमेत मजबुत रहेकोले यसपटक सरावलवासीले एमालेको सरकार हेर्न आतुर देखिएका छन् । कांग्रेसको सरकार भोगिसकेकोले यसटपक एमालेप्रति भरोसा राख्दै नयाँ अनुहारलाई यहाँका सत्ताको बागडोर सुम्पिन सरावलवासी आतुर भएको स्थानीयवासी बताउँछन् ।
एमालेका उम्मेदवार भोट माग्दै घरदैलोमा पुग्दा यहाँका जनतापनि निकै उत्साहित भएका छन् । एमालेले मुलुक निर्माणको भिजनसहित काम गरेकोले सरावलमा पनि एमालेको सरकार हेर्न जनताहरु आतुर देखिएको एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुखाडी चौधरीले बताए ।
सुखाडी चौधरी सरावलमा निकै रुचाईएका पात्र हुनुहुन्छ । मिठो बोली, सरल स्वभाव र जनताको हरेक दुःखलाई आफ्नै ठानेर जनताको सेवा गदैै आएका कारण पनि सुखाडी चौधरीप्रति यहाँका जनताको भरोसा बढेको पाईन्छ ।
चौधरी जनताको मनमनमा बसिसका छन् । विकासका दृष्टिले पछाडी परेको सरावललाई समृद्ध सरावल बनाउने परिकल्पनाका साथ जनताको घरदैलोमा पुगिरहनुभएका चौधरीले सरावलवासीको शासक नभई सेवकको रुपमा काम गर्ने बताए ।
उनले सरावलका उज्वल भविष्य निर्माणका लागि मौका दिन गाउँवासीलाई आग्रह गुरे । सरावलको शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष जोड दिएमा मात्र समृद्ध हुने भएकोले आफूले ती क्षेत्रलाई पहिलो प्राथमिकता राखेर अघि बढ्ने उनले बताए ।
सरावलमा सुविधासम्पन्न अस्पताल निर्माण, कृषिमा आत्मनिर्भरका लागि आधुनिकीकरण र मलबीउको सहज व्यवस्थापन, गाउँपालिका र वडा कार्यालयबाट दिईने सेवा सहज र सरल रुपमा पाउने गरी व्यवस्था मिलाउने उहाँले बताए ।
सरावलको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको डुबान समस्यालाई उच्च प्राथमिकतामा राखि नेपाल सरकार र भारत सरकारसँग समन्वय गरी बाढी नियन्त्रणका लागि पहल गर्ने उनले बताए । सरावललाई समृद्ध र सुखी सरावलवासी बनाउने स्पष्ट भिजन एमालेसँग भएकोले सरावलवासीले यसपटक एमालेलाई विजयी बनाउनेमा आफू विश्वस्त रहेको चौधरीको भनाई छ ।















प्रतिक्रिया