
काठमाडौँ, २७ वैशाख । रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएका छन् । दुई जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् ।
गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज लगिएको छ भने कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
घटनास्थलमा पुगेको प्रहरीले दुवै पक्षका नेताहरुसँग छलफल गरेर अघि बढ्ने जनाएको छ ।
गएको हप्ता पनि वाईसीएलको आक्रमणबाट रोल्पाको माडी गाउँपालिका–४ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते भएका थिए ।















प्रतिक्रिया