७ कार्तिक २०८३, शनिबार

सुर्खेतका केन्द्रिय नेताहरूको स्थानीय चुनाव केन्द्रित दौड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २७ वैशाख । स्थानीय तहको निर्वाचन मतदानका लागि ३ दिन मात्र बाँकी छ । सुर्खेतका ९ वटै स्थानीय रहमा निर्वाचन अभियान तिब्र रूपमा अगाडि बढिरहेका छन् ।

सुर्खेत जिल्लामा एमाले एक्लै चुनावी मैदानमा छ भने धेरै ठाँउमा गठबन्धन भएको छ ।

उम्मेदवारहरुले विभिन्न सभा र घरदैलो अभियान संचालन गरिरहेका छन् । घरदैलो अभियानमा समेत केन्द्रीय नेताहरू उम्मेदवार सङै भोट मागिरहेका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य यामलाम कंडेललाई भ्याइनभ्याई छ । उनी वीरेन्द्रनगर नगरपालिकाका उम्मेदवारहरु सङ घरदैलो अभियानमा बढी समय खर्चिरहेका छन् । वीरेन्द्रनगर कंडेलको गृहनगर हो । ९ वटै स्थानीय तहमा पनि ऊनी चुनावी सभामा प्रमुख अतिथिको रूपमा भोट मागिरहेका छन् ।

नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहादुर खड्का पनि काठमाडौं बाट सुर्खेत झरेका छन् । उनी सबै स्थानीय तहमा नेपाली काङ्ग्रेसले गर्ने सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माओवादीले सुर्खेतमा मजबुत गठबन्धन नबन्नुमा पुर्ण बहादुर खड्कालाई दोषी देखाउदै आएको छ ।

निर्वाचनको नजीकमा पार्टी विघटन गरेका तत्कालीन नयाँ शक्ति पार्टीमा संयोजक रवि किरण हमाल पछिल्लो दुई हप्तादेखि सुर्खेतका विभिन्न स्थानीय तहमा सकृय छन् । किरणले पार्टी भन्दा पनि योग्य र युवा उम्मेदवारका पक्षमा मत मागिरहेका छन् ।

किरणका आफ्नै मामा ऐन बहादुर चन्द सिम्ता गाउँपालिका अध्यक्ष पदका लागि एमालेबाट चुनावी मैदानमा छन् ।