७ कार्तिक २०८३, शनिबार

स्थानीय तह निर्वाचनः आजबाट मौन अवधि, के गर्न पाइन्छ, के पाइन्न ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आयोगका अनुसार शुक्रबार हुने मतदानको पूर्वसन्ध्यामा मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ ।

त्यसअिघ नै आयोगले मतदानस्थलको ३०० मिटर वरपरका निर्वाचन प्रचार सामग्री हटाउन निर्देशन दिइसकेको छ ।

त्यस्तै, आयोगले मौन अवधि अगाडी नै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन समेत आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ ।

त्यस्तै, आयोगले नयाँ प्रचारप्रसार सामग्री पोस्ट नगर्न दुरसञ्चार कम्नीलाई निर्देशन दिइसकेको छ ।

यसअघि नै आयोगले मतदानको दिन वैशाख ३० गते सार्वजनिक सवारीका साधनहरु चल्न नदिने निर्णय गरिसकेको छ ।

एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।

मौन अवधिमा के के गर्न पाइन्नँ ?

–मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

– मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

– एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

–मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने