७ कार्तिक २०८३, शनिबार

सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । काठमाडौँको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा ९४ प ८६७६ नंको स्कुटर र ना५ख १९०९ नंको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीय विमलादेवी भट्टराईको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा स्कुटर चालक भने घाइते भएका छन् ।

घाइते स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।–रासस