७ कार्तिक २०८३, शनिबार

भिरबाट लडेर एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

गलकोट, २६ वैशाख । बागलुङमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

यही वैशाख २५ गते सम्र्पकविहीन हुनुभएका किसान खोजतलासको क्रममा आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेर हिँड्नेक्रममा लडेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।–रासस