८ कार्तिक २०८३, आइतबार

घरदैलोमा जाँदा किन भए उम्मेदवारहरु बेहोस ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । सर्लाहीमा घरदैलोका क्रममा जाँदा उम्मेदवारहरु बेहोस भएका छन् ।

जिल्लाको हरिवन नगरपालिकामा स्थानीयवासीले दिएको मिठाइ खाएपछि माओवादीका ७ उम्मेदवार बिरामी परेका छन् ।

माओवादीले षड्यन्त्रपूर्वक विष खुवाइएको दावी गरेको छ ।

उम्मेदवारहरु आइतबार दिउँसो हरिवन बजार नजिकको मुस्लिम टोलमा घरदैलोमा हिँडेका थिए । हरिवनमा माओवादीका मेयर उम्मेदवार कमल बुढाथोकी र वडा नं. ११ का उम्मेदवार शेख इस्तेखारसहितको टोलीलाई केही स्थानीयले मिठाइ तथा कोल्ड ड्रिङ्सले स्वागत गरेका थिए । मेयर उम्मेदवार बुढाथोकीले भने खाएनन् ।

मिठाइ खाएको वडाध्यक्षका उम्मेदवार शेख इस्तेखारसहित केही उम्मेदवाहरु बेहोस भएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।