२ कार्तिक २०८३, सोमबार

श्रीलङ्का र आईएमएफबीच प्राविधिक वार्ताको अर्को चरण शुरु हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, २४ वैशाटख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मे ९ देखि मे २३ सम्म श्रीलङ्कासँग प्राविधिक वार्ताको अर्को चरण शुरु गर्ने आईएमएफका श्रीलङ्काका नियोग प्रमुख मासाहिरो नोजाकीले बताएका छन् ।

नोजाकीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आईएमएफको नीतिअनुरुप आईएमएफ श्रीलङ्कालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।श्रीलङ्काको ऋणलाई दिगो रूपमा मूल्याङ्कन गरिएको हुनाले र्याकपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट मार्फत आईएमएफको वित्तपोषणको स्वीकृतिले ऋणको दिगोपन पुनर्स्थापित हुने पर्याप्त आश्वासन चाहिन्छ, उनले भने।

दुई पक्षले गत महिना आईएमएफको मुख्यालयमा पहिलो चरणको छलफल गरेका थिए। श्रीलङ्काले र्या पिड फाइनान्स इन्स्ट्रुमेन्ट ९राएफआइ० सुविधाका साथसाथै आइएमएफबाट ठूलो विस्तारित कोष सुविधाको लागि आफ्नो विदेशी मुद्रा अभावको समस्यालाई पार गर्नको लागि आशा गरेको छ । –रासस