२ कार्तिक २०८३, सोमबार

श्रीलंकामा फेरि संकटकाल लागु, थप कडाइ गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख। श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकका गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन् ।

राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन् । राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले थप कडा कानुनको आह्वान गरेका छन् ।

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा विदेशी मुद्राको अभावमा खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । कोरोना महामारीका कारण श्रीलंकाको अर्थतन्त्र धराशयी भएको बनाइन्छ ।-एजेन्सी