८ कार्तिक २०८३, आइतबार

आयोगले सोध्यो एक लाखको माला लगाउने उम्मेदवारलाई स्पष्टिकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । निर्वाचन अधिकृतको कार्यालयले एक लाख रुपैयाँको माला लगाउने र लगाइदिने ताँजाकोट गाउँपालिकाका अध्यक्ष उम्मेदवारलाई स्पष्टिकरण सोधेको छ ।

गत वुधबार अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले अध्यक्षका प्रत्यासी लालकेश जैशीलाई एक लाखको माला लगाइदिएर आफ्नो उम्मेदवारी निष्कृय पारेको बताएका थिए ।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च दिएको बताएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले दुवै जनालाई स्पष्टिकरण सोधेको हो ।

निर्वाचनको अवधिमा २५ हजार रुपैयाँ भन्दा बढी नगद कारोबार गरेर आचारसंहिता उल्लङ्घन गरेको भन्दै अधिकृतको कार्यालयले स्पष्टिकरण सोधेको हो ।