
काठमाडौँ, २२ वैशाख । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो ।
सभाका तयार पारिएको मञ्च र टेन्टहरु भएको ठाउँ पनि जलमग्न भएको छ भने झण्डा पनि हावाले उडाएर यत्रतत्र पुर्याएको छ । अब सभा सोही स्थानमा गर्ने कि अन्यत्र गर्ने भन्नेबारे छलफल भइरहेको चितवन कांग्रेसले जनाएको छ ।
सभापति देउवा भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन हिजै भरतपुर गएका थिए ।
















प्रतिक्रिया