
काठमाडौँ, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वबाट नेत्रविक्रम चन्द ‘विप्लव’लाई हटाइएको छ । पार्टीका विद्रोही नेताहरूको भेलाले विप्लवलाई महासचिवबाट हटाएको हो ।
चितवनको पर्सामा भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले विप्लवलाई महासचिवबाट हटाउँदै धर्मेन्द्र बाँस्तोलालाई पार्टीको नयाँ संयोजक तोकेको छ । असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र बाँस्तोला पक्षधरको राष्ट्रिय भेलाले विप्लवसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पनि जिम्मेवारीबाट हटाएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसिसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर विप्लवलाई महासचिवबाट हटाएको एक नेताले बताए । उनका अनुसार भेलाले नयाँ पार्टी गठन गर्ने तयारीसमेत गरेको छ ।















प्रतिक्रिया