८ कार्तिक २०८३, आइतबार

चितवनमा एकीकृत समाजवादीको सिंगो कमिटी एमालेमै विलय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २१ वैशाख । चितवनको खैरहनी नगरपालिकामा नेकपा एकीकृत समाजवादी जिल्ला सदस्यसहित सिंगो वडा कमिटी नै नेकपा (एमाले)मा समाहित भएको छ ।

जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा खैरहनी वडा नम्बर ६ कमिटी एमालेमा विलय भएको हो ।

त्यस्तै, नेकपा एसका जिल्ला सदस्य ढुंगानाका साथै वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष यादव घिमिरे, वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष प्रेमबहादुर थापा मगर, केशव पौडेल, रुस्तम अन्सारी, हेम पुन, लक्ष्मण भण्डारी, खुबीराज चौधरी, कल्पना छतकुल्ली, रामकुमार उप्रेती, सीताकुमारी चौधरी लगायत एमालेमा फर्केका हुन् ।

उनीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया, खैरहनी नगरपालिकाबाट एमालेका नगरप्रमुख उम्मेदवार लालमणि चौधरी, एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्नेहरुले समाजवादीको नेतृत्व तहबाट राम्रो काम भएको अनुभव नभएपछि एमालेमा समाहित भएको बताएका छन् ।

त्यस्तै, उनीहरुले समाजवादीबाट पनि एमालेमा ठूलो संख्यामा समाहित बताए ।

कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश

त्यसैगरी, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका छजना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरु एमालेको घरदैलो कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा माओवादीबाट चार जना र कांग्रेसबाट दुई जना रहेको एमाले रत्ननगरका निर्वाचन प्रचारप्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले जनाएका छन् ।

माओवादी रत्ननगरका चिरञ्जीवी पोखरेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोखरेल तथा कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर एमाले प्रवेश गरेका हुन् ।