८ कार्तिक २०८३, आइतबार

बैंकमार्फत र्खच गर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उठेका उम्मेदवारहरुलाई बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल बैंक खातामार्फत मात्रै खर्च गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

त्यस्तै, आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन समेत दिएको छ ।