
काठमाडौँ, वैशाख २० । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘पहेली’ एल्बममा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । लिरिकल भिडियो एल्बममा ‘कोसिस हजार’, ‘ए साइँली’, ‘आमा’, ‘गाँसेर प्रिती’ जस्ता गीत समावेश छन् ।
सबै गीतमा मेट्रोन प्रयोग गरिएको यो पहिलो गीति एल्बम हो । जसले विश्व रकेर्डसमेत कायम गरेको छ । एल्वममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, एलिना चौहान र अनु चौधरीको स्वर रहेको छ भने सागरकै सङ्गीत छ । लिरिकल गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
गीतसङ्गीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा। उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् ।
यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् । दर्जनौ अवार्ड, पुरस्कार बाट सम्मानित कीर्तिमानी गीतकार तथा उपन्यासकार डा। उपाध्यायलाई हालै ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित पनि गरिएको थियो ।















प्रतिक्रिया