
काठमाडौं, २० वैशाख । बाध्यताले टाढिन पुगेका प्रेमिल जोडीको कथामा आधारित मनछुने म्युजिक भिडियो ‘थाहा छैन’ सार्वजनिक भएको छ ।
यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको आवाज रहेको छ । गीतकार सुमन योञ्जनको मर्मस्पर्शी शब्द रहेको गीतलाई स्वयम् गायक सोताङले संगीतवद्द गरेका हुन् । गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ ।
भिडियोमा मुकुन भुषाल र बिमला लिम्बुको शसक्त अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो ।
देविथान म्युजिकको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।















प्रतिक्रिया