
काठमाडौं, २० वैशाख । बितेको २४ घण्टामा थप दुई लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विगत २४ घण्टामा विश्वभर २ लाख ३७ हजार ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म ५१ करोड ३७ लाख ९४ हजार ५६२ जनामा कोरोना संक्रमण भएको छ ।
त्यस्तै, ४६ करोड ८२ लाख ३८ हजार ३४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १ हजार २३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १ हजार २३४ जनाको मृत्यु भएको हो ।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६२ लाख ६२ हजार ८४५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
हालसम्म विश्वभर ३९ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४० हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ लाख ३५ हजार ५६० संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ को ज्यान गएको छ । २११ सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ८३६ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख ६६ हजार ६७४ जना संक्रमित निको भइसकेका छन् ।















प्रतिक्रिया