
काठमाडौँ, १९ वैशाख । विराटनगरको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ ।
सोमबार दिउँसो भारतीय एसएसबीका जवानले ३ राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीले हवाई फायर गरेका हुन् ।
स्थानीयका अनुसार एसएसबीका जवानले दुई राउण्ड आकाशतिर र एक राउण्ड जमिनमा गोली चलाएका स्थानीयहरुले बताएका छन् । स्थानीयले दशगजा क्षेत्रमा घेरेपछि एसएसबीले गोली चलाएको बताइएको छ ।















प्रतिक्रिया