८ कार्तिक २०८३, आइतबार

स्थानीय तह निर्वाचनः ३५३ पदमा निर्विरोध, १७० वटा वडामा दलित महिला सदस्य खाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानका १७० वटा वडामा दलित महिला सदस्य पदमा मनोनयन नपरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले ति १७० स्थानमा एउटा पनि मनोनयन नपरेपछि खाली हुने अवस्था आएको बताएको छ ।

केही हिमाली जिल्ला, काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।

आयोगको सोमबार भएको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस्तो जनाएका हुन् । त्यस्तै, उनले ३ सय ५३ पदमा एकल मनोनयन परेर निर्विरोध हुने अवस्था आएको बताए ।